बारा । जीतपुरसिमरा उपमहानगरपालिका २४ हरपुर पुलस्थित सडकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय युवाको मृत्यु भएको हो ।
ना ३ त ८४१९ नम्बरको ट्याक्टरले ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कलैया उपमहानगरपालिका १६ मझौलियाका ३१ वर्षीय बियज कुमार महतो गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बयोधा हस्पिटल, वीरगंज लगिएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल ट्याक्टर चालक फरार रहेका छन् र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




