बारा । जीतपुर-सिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट स्रोत नखुलेको १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँसहित भारत घर भएका ५० वर्षीय उजिर मिया समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




