धनुषा । जनकपुर उपमहानगरपालिका १४ स्थित सडकमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा प्र ०२-०४२ प ३६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गोरखा नगरपालिका १२ पन्ध्रकिलो निवासी ३० वर्षीय एक युवक गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।




