महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका ७ प्रेमनगरस्थित सडकमा आइतबार बिहान सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । म प्र ०३-००१ ज ०५५४ नम्बरको विङगरले ठक्कर दिँदा साइकलयात्री गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई उपचारका लागि धनुषाको लालगढस्थित मोडेल अस्पताल पुर्याइएको थियो । अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विङगर चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ ।




