जनकपुर । धनुषा जिल्लाको मिथिला नगरपालिका २ हजरा चोकस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको म प्र ०२-००७ प ५०२० नम्बरको स्कुटर सोमबार राति दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा चालक मिथिला नगरपालिका ४ पुस्पलपुर बस्ने ३२ वर्षीय पूर्ण बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिकलाई जानकी मेडिकल कलेज रमदैया हुँदै जानकी हेल्थ केयर जनकपुरमा थप उपचारका लागि लगिएको थियो ।
तर, उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय बासिन्दाले दुर्घटनाको कारण बारे विस्तृत अनुसन्धान गर्न आग्रह गरेका छन् ।




