सप्तरी । सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिका ३ स्थित सडकमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स १ त ४६८५ नम्बरको ट्याक्टरले स १० प ५६१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिराहा, नवराजपुर गाउँपालिका ४ निवासी ४५ वर्षीय जितेन्द्र कुमार यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि छिन्नमस्ता अस्पताल, राजबिराज लैजाने क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन्, जसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




