सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले माघ ३० गतेको निर्णय अनुसार नगर क्षेत्रमा बिहीबार सार्वजनिक विदा रहने सूचना जारी गरेका छन् ।
विदाको कारण नगरपालिकाको मातहतका सबै वडा कार्यालय, विद्यालय तथा अन्य सरकारी कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख छ ।





