सिराहा । सिराहाको लहान नगरपालिका २१ माधवपुरस्थित दुई जनाको गोठमा बिहीबार बिहान आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय असेश्वर यादव र पवन यादवको गोठमा अचानक आगलागी भएको हो ।
आगलागीबाट लत्ता कपडा, अन्नपात, पराल तथा अन्य सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयबासी तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ भने आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




