पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ ओडारस्थित ओडार खोलामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान सोही गाउँपालिका २, बर्मानगर बस्ने ७६ वर्षीय हस्त बहादुर श्रेष्ठको शव खोलामा भेटिएको हो ।
स्थानीय बासिन्दाले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ । शव पोष्टमार्टमका लागि पठाइएको छ भने मृत्युको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
श्रेष्ठको मृत्यु दुर्घटना हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । स्थानीयहरू बीच घटना बारे विभिन्न अड्कलबाजी भइरहेका छन् भने परिवारजन शोकमा रहेका छन् ।




