रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ । यस क्रममा मोटरसाइकल चालक समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका १ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताए ।
जिल्ला प्रहरी तथा मातहतको गस्ती टोलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा भारतबाट भित्र्याइएको २ लाख ७९ हजार ८० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक लगायतका सामान बरामद गरेको उनले बताए ।
चौधरी बिआर ०६ सी २७९२ नम्बरको मोटरसाइकलमा सवार थिए । उनलाई आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ ।
त्यस्तै, भारतीय बजारबाट लुकिछिपी साइकलमा राखेर रौतहटमा ल्याइएको दर्जनौं कुखुरा प्रहरीले बरामद गरेको छ ।




