बारा । नागरिकता मुद्दामा अदालतबाट जरिवाना तोकिएका पाँच जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका ५ बस्ने शिव गोबिन्द महरा, उदय नारायण सिंह चनौ, सत्य नारायण यादव, रामचन्द्र महतो कोईरी र अच्छेलाल राउत रहेका छन् ।
उनीहरूलाई अदालतले नागरिकता सम्बन्धी मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, अदालतको आदेशपछि फरार रहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारबाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।




