बारा । बाराको कलैया उपमहानगरपालिका १६ उत्तर झिट्कैया चोकस्थित सडकमा ट्याक्टरको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो मे १ त ५०३३ नम्बरको ट्याक्टरले मधेश प्रदेश ०३-०२८ प ००२० नम्बरको मोटरसाइकललाई किच्दा पर्सा, वीरगंज महानगरपालिका २७ उदयपुर घुर्मी बस्ने सुनिल पटेलकी छोरी वर्षा पटेलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी वर्षा पटेललाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । हाल ट्याक्टर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।




