बारा । महागढिमाई नगरपालिका ६ बबुआईन बजारमा विद्युत् सर्टका कारण भएको आगलागीले दुई वटा पसल पूर्ण रूपमा नष्ट गरेको छ । शुक्रबार बिहान भएको घटनामा मोबाइल तथा किराना पसलमा राखिएका लाखौं रुपैयाँ बराबरका सामान जलेर नष्ट भएका छन् ।
स्थानीय निरंजन चौधरीको इलेक्ट्रोनिक्स मोबाइल पसल र दीप नारायण चौधरीको किराना पसलमा लागेको आगोले मोबाइल, कम्प्युटर, ल्यापटप, किराना तथा खाद्यान्न सामग्रीहरू जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।




