धनुषा । मिथिला नगरपालिका ६ स्थित सडकमा बिहीबार साँझ मोटरसाइकल र ट्याक्टर बीचको ठक्करमा एक युवकको मृत्यु भएको छ । प्रदेश २-०२-००३ प ६९०५ नम्बरको मोटरसाइकल ज १ त २२३१ नम्बरको ट्याक्टरमा ठक्कर खाँदै दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी घर भएका २८ वर्षीय सुरज कुमार झा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइयो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक भने फरार छन् र प्रहरीले उनको खोजी गरिरहेको छ ।




