धनुषा । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारीचोक नजिक शुक्रबार राति आगलागी भएको छ । स्थानीय लालबाबु साहको घरको भर्याङ मुनि रहेको कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।




