पर्सा । पर्साको बिन्दवासनी गाउँपालिका ३ झैवागुठिस्थित युबराज एकीकृत कृषि कुखुरा फर्ममा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ ।
आगो फैलिएर सोही स्थानमा रहेका अन्य तीन वटा कुखुरा फर्ममा समेत आगलागी हुँदा करिब ४१ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




