सिराहा । सिराहाको मिर्चैया नगरपालिका ७ स्थित सडकमा रोकी राखिएको टिपरमा पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्र-२-०१-००१ ख ००३६ नम्बरको टिपर सडकमा पार्किङ गरिएको अवस्थामा प्र-३-०१-०२२ च ८७६४ नम्बरको पिकअप ठोक्किँएर आइतबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका १४ निवासी २७ वर्षीय मिलन सुनार गम्भीर घाइते भएका थिए । उनलाई मनोकामना अस्पताल, मिर्चैयामा उपचारका लागि लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । दुर्घटना गराएको टिपर चालक भने हाल फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ ।




