सर्लाही । स्रोत नखुलेको ७ लाख ५८ हजार ३१० रुपैयाँसहित भारत बिहारको सितामढी ग्राम पञ्चायत बिसनपुर १५ निवासी २२ वर्षीय चन्दन कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एबि ९१८३ नम्बरको मोटरसाइकलमा सवार महतोलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो ।
उनको साथबाट फेला परेको नगदको स्रोत बारे स्पष्ट नबनेपछि प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




