वीरगंज । वीरगंज महानगरपालिका २७ उदयपुरघुर्मी निवासी २३ वर्षीय विशाल पटेल मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पटेलको हत्या गरी शव नदीमा फालेको आशंका गरिएको छ । खोजीको क्रममा हिजो बिहान उनको शव नजीकैको नदीमा फेला परेको हो ।
स्थानीयहरूका अनुसार पटेल फागुन ९ गते राति साथीहरूसँग जुवा खेलिरहेको अवस्थामा देखिएका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए । परिवारले उनको खोजी गरेपनि पत्ता नलागेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र थप विवरणहरू पछि सार्वजनिक गरिनेछ ।




