सिराहा । सिराहाको गोलबजार नगरपालिका ६ कृष्ण मन्दिर नजिकबाट ६६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका २९ वर्षीय सुवर्ण मणि पाण्डे र ३७ वर्षीय काशी साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार राति लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।




