बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १६ टाङगिया बस्ती बस्ने ४५ वर्षीय ज्ञान बहादुर राईता मगरको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउँसो कोल्हवी नगरपालिका ५ बलुवा खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
गम्भीर घाइते भएका उनलाई जननायक अस्पताल, कोल्हवीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




