धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ लक्ष्मिपुरस्थित पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सोही ठाउँका ३५ वर्षीय बिक्रम प्रसाद पूर्वेको सोमबार दिउँसो पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीयले डुबेको देखेपछि उद्धार प्रयास गरेपनि बचाउन नसकेको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।




