सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ बाट सोमबार बेलुकी प्रहरीले ७ लाख २८ हजार ९ सय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिहरूमा गोडैटा नगरपालिका ५ रामबनका ३८ वर्षीय मनोज गुप्ता र उनका भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




