पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका २ बगवाना बस्ने बिगानाथ चौधरीको सोही ठाउँस्थित पार्किङ गरिएका ना ४ ख ३४६५ नम्बरको बसमा सोमबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीको कारण भने खुल्न सकेको छैन, तर घटनामा ठूलो धनमालको क्षति भएको छ । स्थानीयहरूले आगो निभाउने प्रयास गरेपनि ठूलो क्षति हुन पुगेको बताइएको छ । घटनास्थलमा पुगेर दमकलले आगो नियन्त्रणमा ल्याएको छ र यस सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।




