सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका ६ सिमरामा गएराति भएको आगलागीमा दुई घर जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रामचन्द्र बैठाको गोठमा मध्यराति अचानक आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
साथै, आगलागीको असरले सोही ठाउँका चितरन्जन पाण्डेको घर पनि आंशिक रूपमा जलेको छ, जसका कारण करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




