सिराहा । सिराहाको लहान नगरपालिका १० स्थित प्राविधिक शिक्षालयको ग्राउन्डभित्र रहेको पोखरीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ । सिरहा नगरपालिका २१ लकडिगोठ घर भएकी पृषा मण्डल पोखरीमा डुबेर अशक्त भएकी थिइन् ।
बिहीबार दिउँसो घटेको उक्त घटनापछि उनलाई तत्काल प्रादेशिक अस्पताल लहानमा भर्ना गरिएको थियो । तर, उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




