महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका १४ तल्लो बजारस्थित सुवाष प्रसाद सुवेदीको धागो स्टोरमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगो फैलिएर सोही ठाउँका टिकाराम परियार र ईश्वरी परियारका टेलर पसलहरूमा समेत क्षति पुगेको छ ।
उक्त आगलागीबाट करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ । प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।




