सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ५ कुसाहा चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुका ५३ वर्षीया उर्मीला देवी सेठलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी जारी राखेको छ ।




