सिराहा । सिराहाको अर्नामा गाउँपालिका ३ पछवारी टोलस्थित सडकमा ट्याक्टरको ठक्करबाट १३ वर्षीय साइकल यात्रीको ज्यान गएको छ ।
शनिबार दिउँसो अर्नामा बजारबाट गाउँतर्फ जाँदै गरेको स १ द ८५ नम्बरको ट्याक्टरले साइकल यात्री सतिस कुमार महतोलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
मृतक सोही ठाउँका राम सेवक महतोका छोरा हुन् । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् भने उनको खोजीका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।




