रौतहट । देवाही गोनाही नगरपालिका ९ धरहरीस्थित इशा महमदको घरमा शनिबार राति आगलागी भएको छ । आगलागीका कारण घरभित्र रहेका विभिन्न सर सामान जलेर नष्ट भएको छ ।
आगलागी हुँदा करिब ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ । स्थानीयबासी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ भने घटनाको कारण बारे अनुसन्धान भइरहेको जनाइएको छ ।




