महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिका ६ मजरास्थित बौद्धीमाई उद्योग (इँटा भट्टा) मा ट्याक्टरको ठक्करबाट एक वर्षीय बालकको मृत्यु भएको छ ।
आइतबार दिउँसो ‘अन टेस्ट’ लेखिएको ट्याक्टरले ठक्कर दिँदा रौतहट घर भएका राजन माझीका १ वर्षीय छोरा संदिप माझीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन् । प्रहरीले चालकको खोजी कार्य तीव्र पार्नुका साथै घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ ।




