पर्सा । जगरनाथपुर गाउँपालिका ५ मसिहानि बस्ने जलिल मिया धोबिको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी भएको छ । आगलागीका कारण घरमा रहेका विभिन्न धनमाल जलेर करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




