सप्तरी । सप्तरीको तिलाठी कोईलाठी गाउँपालिका ३ सकपुरामा भीषण आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय नवयी यादवसहित तीन जनाको घरमा अचानक आगलागी भएको थियो ।
आगलागीबाट करिब ३३ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयवासी, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन भने यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




