बारा । बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका ५ टेडाकट्टीस्थित चिउटाही खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान सोही ठाउँका २६ वर्षीय धेनुक राय यादवको शव खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




