सिराहा । धनगढीमाई नगरपालिका ३ कुरूवा टोलस्थित सडकमा कारको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार राति भएको दुर्घटनामा सोही स्थानका सेवका रामका छोरा अजित रामलाई हाल नम्बर नखुलेको कारले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका अजित रामलाई उपचारका लागि सप्तऋषि अस्पताल, लहान लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना गराउने कार र चालक फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।




