सप्तरी । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका १२, डेढहवा पोखरीस्थित हटियाको टहरामा एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान सोही नगरपालिका १० जमुवा टोलका २० वर्षीय सत्य नारायण साह मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाइएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयहरूका अनुसार मृतक केही दिनदेखि उक्त क्षेत्रमा देखिएका थिए । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




