रौतहट । देवाही गोनाही नगरपालिका ७ मगङचोकस्थित भागरित राय यादवको गोठमा बिहीबार राति आगलागी हुँदा पूर्णरूपमा जलेर करिब २ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट गोठसहित भित्र रहेका सामग्री पूर्ण रूपमा नष्ट भएका छन् । स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो लाग्ने कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




