बारा । बारा जिल्लाको कोल्हबी नगरपालिका १ जमुनी खोला पुल नजिक शुक्रबार राति भएको स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
सपहीबाट कोल्हबीतर्फ आउँदै गरेको ग ८ प ७८११ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । सो दुर्घटनामा कोल्हबी नगरपालिका १ निवासी ३० वर्षीय घनश्याम पनुहर गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि उनलाई उपचारका लागि बायोद्या अस्पताल, वीरगंज लगिएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । स्थानीय प्रशासनले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




