धनुषा । गणेशमान चारनाथ नगरपालिका १ छिहतरबिगाहामा शनिबार दिउँसो आगलागी हुँदा एक बहादुर खप्तरी मगरको घर जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको छ ।




