सर्लाही । सर्लाहीको बलरा नगरपालिका ८ बालुवाभारस्थित सडकमा स्कारपियो गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बीआर ३० एई २४९० नम्बरको स्कारपियोले ठक्कर दिँदा भारत, सितामढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायतका रामेश्वर साहका छोरा ५ वर्षीय पियुष कुमार साहको शनिबार बेलुकी निधन भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाही लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, उक्त दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रहेका गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




