सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका ४ कबिलासामा आगलागी हुँदा ठूलो क्षति भएको छ । शनिबार दिउँसो भागवत विश्वासको गोठमा अचानक आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । प्रहरी घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




