महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ३ परौल बजारस्थित शिवशान्ति ज्वेलर्सबाट गएराति करिब ७१ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
मनरा शिसवा नगरपालिका ६ सरपल्लो निवासी अरूण साहको स्वामित्वमा रहेको ज्वेलर्सबाट २० किलोग्राम चाँदी, २० तोला सुन र नगद १ लाख ३० हजार रुपैयाँ चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी कार्य जारी राखेको छ भने आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




