धनुषा । धनुषाको सबैला नगरपालिका ९ भठिहनमा गोली चलेको छ । स्थानीय चोकको नाम के राख्ने भन्ने विषयमा बढेको विवादमा झडप हुँदा गोली चलेको हो ।
झडप बढ्दै गएपछि नियन्त्रणका लागि गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेर स्थानीय एक जना घाइते भएका छन् । भठिहन चोकलाई एउटा समूहले यादव चोक लेखेपछि विवाद बढेको थियो ।




