रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिका ६ निवासी नन्दकिशोर पण्डितका ३ वर्षीय छोरा अंकुश पण्डितको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार दिउँसो कटहरिया नगरपालिका ४ बहादुरपुरस्थित मामाघरमा रहेको पानी तान्ने मोटरको तारबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका अंकुशको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार खेल्ने क्रममा बालकले मोटरको तार छोएको अनुमान गरिएको छ । घटनापछि स्थानीयवासी र परिवारजन शोकमा रहेका छन् । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




