महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका ८ टिकुलिया चोकस्थित कमलेश प्रसाद साहको घरमा सोमबार राति अचानक आगलागी हुँदा करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयका अनुसार राति करिब ११ बजे घरमा अचानक आगो लागेपछि गाउँलेहरूको सहयोगमा निभाउने प्रयास गरिएको थियो । आगलागीको कारण अझै स्पष्ट नभएपनि विद्युत् सर्ट सर्केटबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले आगलागीको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्री जलेर नष्ट भएको छ ।




