पर्सा । वीरगंज महानगरपालिका १६ इनर्वा गाउँस्थित खाली जग्गाबाट मंगलबार दिउँसो प्रहरीले अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ७५ किलो ७ सय ग्राम बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा ७ वटा पोका भित्र लुकेको गाँजा जस्तो वस्तु फेला पारेको हो । प्रहरीले अहिले यस घटनामा थप अनुसन्धान गरिरहेको छ ।




