बारा । जीतपुर-सिमरा उपमहानगरपालिका ७ केराढोकास्थित सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना ६३ प १६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा, वीरगंज महानगरपालिका ३ का ४२ वर्षीय नाशिर अलिमंसुरी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो ।




