सिराहा । भगवानपुर गाउँपालिका ४ ठाडी बजारस्थित प्रतिक्षालयमा बुधबार अन्दाजी ४५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर र वतन खुलेको छैन ।
प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ र घटनाको कारण खुलाउन प्रयास गरिरहेको जनाएको छ ।




