धनुषा । कमला नगरपालिका ८ टेडामा मंगलबार बेलुकी विद्युत सर्ट हुँदा रामजी राय कुर्मीको घरमा आगलागी भएको छ । आगलागीका कारण करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
आगलागीबाट वासिङ मेसिन, फ्रिज, लत्ता कपडा लगायतका सर सामान जलेर नष्ट भएको छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




