महोत्तरी । बर्दिबास नगरपालिका १४ तल्लो बजार बस्ने टिका बुर्जा मगरको घरको तल्लो तलामा संचालन भइरहेको खाजा पसलमा मंगलबार दिउँसो विद्युत सर्टका कारण आगलागी भएको छ ।
आगलागीमा घर र पसलमा रहेका विभिन्न सर सामान, नगद र गरगहना गरी करिब १६ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




